राजेशपायल र सन्दीप क्षेत्रीसहितको टोलीले भेट्यो प्रचण्डलाई
काठमाडौं । गायक राजेश पायल राई र हाँस्य कलाकार सन्दीप क्षेत्रीसहित कलाकारको एक टोलीले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ ।

कलाकारको टोलीले उनकै निवास खुमलटार गएर प्रचण्डसँग भेट गरेको संगीतकार चेतन सापकोटाले जानकारी दिएका छन् । टोलीमा गायिका कल्पना दाहाल, रीता सिवाकोटी, करिश्मा ढकाललगायत पनि सहभागी थिए ।

प्रचण्डले कलाकारहरूसँग अलग–अलगसमेत भेटवार्ता गरेको संगीतकार सापकोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रचण्डसँग कलाकारहरूले पारिवारिक वातावरणमा खुलेर मनका कुरा राखेका उनले बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया