राप्रपा नेपाल अब ९४ प्रतिशत ओमकार परिवारसँग जोडिएर अघि बढ्छ : अध्यक्ष थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका छन् ।
सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने उनले स्पष्ट पारे ।
भ्रातृ संगठनहरूको संयुक्त बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई अन्तराष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको थलो बनाइने खतरा बढेको र जिम्मेवार भनिएका राजनीतिक दलले उनीहरूलाई सहयोग पुग्नेगरी निर्वाध आमन्त्रण गर्ने परिपाटी बसालेको भन्दै त्यसको अन्त्य गर्न राप्रपा नेपाललाई बलियो शक्ति बनाउनुपर्ने बताए ।
पार्टीलाई ठूलो बनाउने नाममा गणतन्त्र बोकेका लगायतलाई राप्रपामा भित्र्याएपछि पछिल्लो समयमा राजसंस्था पुनस्र्थापनाको मुद्दालाई मात्र अगाडि सारेर हिन्दूराष्ट्र, सुशासन, विकासजस्ता मान्यतालाई समेत ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई व्युताउन वाध्य भएको जानकारी दाबी गर्दै अध्यक्ष थापाले अब पार्टीले रणनीतिक रुपमा हिन्दूराष्ट्र, सुशासन र समृद्धिलाई मूख्य एजेण्डा बनाएर अघि बढ्ने जनाए ।
सबै भ्रातृ संगठनलाई आम जनतासमक्ष यो सन्देश पु¥याउन उनले निर्देशनसमेत दिए ।
सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण गर्दै देशको विकास गर्ने सम्बर्धनवादको सिद्धान्त अवलम्वन गरी पार्टीको दायरा फराकिलो पारेर ९४ प्रतिशत ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउने राप्रपा नेपालको लक्ष्य रहेको पनि उनले प्रष्ट पारे ।
बैठकमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष ममता राई, राप्रयुसंका उपाध्यक्ष दामोदर वाग्ले, पूर्वप्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठ, राप्रविसंका कावा अध्यक्ष शशि भण्डारी, सनातन धर्म संस्कृति संगठनका सुजन अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनका उपाध्यक्ष सरला विक, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का प्रथम उपाध्यक्ष आनन्दकुमार रिसाल, राप्रविसंका पूर्वअध्यक्ष उज्वल पोखरेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
राप्रपा नेपालले फागुन ७ गते राष्ट्रिय सभागृहमा पार्टीको औपचारिक घोषणा सभा राखेको छ । घोषणासभालगत्तै देशव्यापी संगठन निर्माणमा जुट्दै स्थानीय निर्वाचनको तयारीमा लाग्ने राप्रपा नेपालले जनाएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया