NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

युक्रेन हमलाका लागि रुसले बनावटी कारण खोजिरहेको छ : बाइडन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि हमला नगर्ने बताए पनि त्यो झुटो भएको र उसले बनावटी कारण खोजिरहेको दाबी गरेका छन् ।

रुस बनावटी कारणको खोजीमा रहेकाले सैन्य कारबाही तत्काल हुनसक्ने आशंका उनको छ । यद्यपि, उनले रुस–युक्रेन तनावको कूटनीति समाधान अझै सम्भव रहेको औंल्याए ।

‘रुसले युक्रेनमाथि आक्रमण नगर्ने बताए पनि हमलाका लागि उसले बनावटी कारण खोजिरहेको छ,’ बाइडेनलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसले युक्रेनमाथि कस्तो किसिमको हमला गर्छ भन्ने स्पष्ट नभए पनि उसले विभिन्न बहाना देखाउन सक्ने बताए ।

मस्कोले भने अमेरिकी दाबीलाई आधारहीन भनेको छ । अमेरिकाको प्रस्तुतिले थप तनाव बढाएको उसको आरोप छ ।

ताजा अपडेट

नेपालवाच विशेष