विवाहअघिकाे सम्वन्ध दाम्पत्य जीवनमा खतरा, सर्टफिल्म ‘‘हनिमुन” सार्वजनिक
काठमाडाैँ । रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म हनिमुन सार्वजनिक गरिएको छ । यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ ।
बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको दिन एउटा सानो कारणले झगडाको रुप लिन्छ, जो निकै सामान्य बिषयवस्तु थियो ।
केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको बिगतलाई एसेप्ट गर्न सक्नुपर्छ अन्यथा उनीहरुको बिगतमा भएका स–साना कामलाई कोट्याउँदा त्यसले दाम्पत्य जिवन तनाबपुर्ण तरिकाले अघि बढ्छ भन्ने चलचित्रमा देखाइएको छ ।
निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन् । उनले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन् ।
सार्वजनिक फिल्म हनिमुनमा बिजय अर्यालको आवाज, बिशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान र मिलन श्रेष्ठको सम्पादनमा चलचित्र तयार भएको हो ।
चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् । यो चलचित्र राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
काठमाडांस्थित नक्लासमा रहेको लिसरा रिसेप्सनमा एक भव्य कार्यक्रमकाबीच चलचित्र हनिमुन सार्वजनिक गरिएको हो । यो सर्टफिल्मलाई उपस्थितले राम्रो प्रतिक्रिया दिएका छन्
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया