आगोले जलेर जुम्लामा एकको मृत्यु
जुम्ला । आगोले जलेर जुम्लामा एक जनाको मृत्यु भएको छ । ताप्न बालेको आगो शरीरमा सल्केर यहाँको तातोपानी गाउँपालिका–४, गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।
चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्किन गई घाइते भएका रोकायाको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक चन्देले बताए ।
बिहीबार दिउँसो ५ बजेतिरको समयमा रोकाया गाउँ नजिकको रानीजङ्गलमा बाख्रा चराउन गएका थिए । चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आगो लागेपछि रोकाय चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीलाई खबर पुगेपछि रोकायलाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया