तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

यहाँ विगत तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समय सडक अवरुद्ध हुनपुगेको हो ।
एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालन भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए । गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताए । उनका अनुसार वडा नं १ को लामाक्याङबाट रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्नासम्मको अन्दाजी आठ–नौ किलोमिटरमा जमेको हिउँ पन्छाइएको हो ।
यस खण्डमा साढे दुई फिटदेखि लिएर पाँच फिटसम्म हिउँ जमेको थियो । मध्यपहाडीको महत्वपूर्ण खण्डमा हिउँ जम्दा यात्रु समस्यामा परेका थिए । सोही समस्यालाई मध्यनजर गर्दै गाउँपालिका, निर्माण कम्पनी, प्रहरी, प्रशासनको समन्वयमा सडक सञ्चालन गरिएको हो । हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुँदा यात्रुले समस्या झेल्दै आइरहेका छन् । सडकमा जमेको हिउँ पन्छाएसँगै आजदेखि नियमितरूपमा रुकुमपूर्व र रोल्पाबाट पोखरा–काठमाडौँ सवारी चल्न थालेको यातायात व्यवसायीले बताएका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया