भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

कञ्चनपुर । भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१, वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२, अत्तरिया डेरा लिएर बस्ने कामीलाई भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्रामसहित पक्राउ गरेको हो ।
उनी बस्दै आएको डेराबाट ५०० ग्राम यार्सागुम्वा फेला पारेको प्रहरी निरीक्षक बमले बताए । उनका अनुसार पक्राउ परेका कामीमाथि थप अनुसन्धानको कार्य भइरहेको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया