NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

समृद्धि फाइनान्सले आजदेखि हकप्रद सेयर निष्काशन गर्दै 

काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ (आज) देखि  हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले २:१ को अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद शेयरको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ ।

यो हकप्रद शेयरमा लगानीकर्ताले फागुन २९ गतेसम्म अवेदान दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा बैंक अफ काठमाण्डु मार्केट लिमिटेड रहेको छ ।

;मृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।