पलको दाबी : मेरा पुरुष सहकर्मीले नाबालिग गायिकालाई उकासे
काठमाडाैं । अभिनेता तथा मोडल पल शाहले नाबालिग गायिका लाई आफ्ना पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी) ले उकास्ने काम गरेको आरोप लगाएका छन् ।
फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई समेत वास्तविक जीवनसँग जोड्ने प्रयास गरेर चरित्र हत्या भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।
‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धी)ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
नाबालिग गायिकाको नाम उल्लेख नगरेर ‘एक जना गायिका’ भन्दै गायिकासँगको विवादबारे मुख खोलेका शाहले नाबालिग गायिकालाई आफ्ना साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु आफूसँग सुरक्षित रहेको पनि बताएका छन् । ती सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्ने बताउँदै उनले आफ्नो नाम जोडेर प्रकाशित समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको बताएका छन् ।
अनलाइन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा आफू आश्चर्यचकित भएको पनि शाहले बताएका छन्। ‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पुर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ’, उनले भनेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया