हेलिकोप्टरमार्फत गर्भवती महिलाको उद्धार
खाँदबारी । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्काबाट गर्भवती महिलाको उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव भएकी भोटखोला– १ किमाथाङ्का निवासी १७ वर्षीया गर्भवती पेम्बाल्हामु च्यावाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो ।
अत्यधिक रक्तस्राव भएपछि च्यावालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताइन् ।
गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि आज दिउँसो किमाथाङ्का स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । स्वास्थ्य सहसंयोजक तामाङका अनुसार गर्भवती च्यावाको रक्तस्राव नरोकिएपछि आज अपराह्न ४ बजे थप उपचारका लागि हेलिकोप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा लगिएको हो ।
सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म आधा दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया