NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

पल शाहले गरे आफूविरूद्ध नाबालिग गायिकालाई उकास्नेको नाम सार्वजनिक, दुर्गेश थापासँगै को-को ?

काठमाडौ । नायक तथा मोडल पल शाहविरुद्ध तनहुँमा बलात्कारविरुद्धको जाहेरी परेपछि नायक शाहले आफूलाई फसाउने व्यक्तिको नाम सार्वजनिक गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै  नायक शाहले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँले एक नाबालिग गायिकालाई आफूविरुद्ध उकासेको भन्दै नाम सार्वजनिक गरेका छन् । उनले नाबालिग गायिकालाई प्रयोग गरेर नियोजित ढंगले आफूलाई फसान खोजेको कुरा पोष्टमार्फत जानकारी गराएका छन् ।

नायक शाहले केही दिन अगाडि सार्वजानिक अडियो रेकर्डमा कुनै वास्तविकता नभएको भन्दै स्पष्टीकरण दिएका छन् । उनले आफूविरूद्ध मिलेर योजना बनाएको अडियो रेकर्ड पनि सार्वजानिक गरेका छन् ।

उनले आफू दोषी भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको सामाजिक सञ्जालमार्फत स्पष्ट गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष