पल शाहले गरे आफूविरूद्ध नाबालिग गायिकालाई उकास्नेको नाम सार्वजनिक, दुर्गेश थापासँगै को-को ?
काठमाडौ । नायक तथा मोडल पल शाहविरुद्ध तनहुँमा बलात्कारविरुद्धको जाहेरी परेपछि नायक शाहले आफूलाई फसाउने व्यक्तिको नाम सार्वजनिक गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै नायक शाहले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँले एक नाबालिग गायिकालाई आफूविरुद्ध उकासेको भन्दै नाम सार्वजनिक गरेका छन् । उनले नाबालिग गायिकालाई प्रयोग गरेर नियोजित ढंगले आफूलाई फसान खोजेको कुरा पोष्टमार्फत जानकारी गराएका छन् ।
नायक शाहले केही दिन अगाडि सार्वजानिक अडियो रेकर्डमा कुनै वास्तविकता नभएको भन्दै स्पष्टीकरण दिएका छन् । उनले आफूविरूद्ध मिलेर योजना बनाएको अडियो रेकर्ड पनि सार्वजानिक गरेका छन् ।
उनले आफू दोषी भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको सामाजिक सञ्जालमार्फत स्पष्ट गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया