युक्रेनले पनि गर्यो सेना परिचालन
१८–६० वर्षका पुरुषलाई देश नछाड्न आदेश

काठमाडौं । युक्रेनले रुसविरुद्ध लड्न सेना परिचालन गरेको छ । रुसले युक्रेनविरुद्ध बिहीबार युद्ध घोषणा गर्दै आक्रमण थालेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका हुन्।
यसअघि जगेडामा राखिएका सेनालाई कार्यक्षेत्रमा फर्किन निर्देशन दिइएको छ ।
युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले भनेको छ– सबै युक्रेनीले हतियार उठाएर देश रक्षा गर्ने बेला आएको छ ।
यसैबीच, युक्रेनले १८ देखि ६० वर्षका पुरुषहरूलाई देश नछाड्न अपिल गरेको छ । रुसको आक्रमणबाट त्रस्त नागरिकले देश छाड्ने खतरा बढेपछि युक्रेनले यस्तो आग्रह गरेको हो ।
प्रतिक्रिया