आक्रमणको पहिलो दिनमै १३७ युक्रेनीको मृत्यु
काठमाडौं । रुसले युक्रेनमाथि युद्ध घोषणा गरेको पहिलो दिनमै १३७ जना युक्रेनीको मृत्यु भएको छ ।
एउटा भिडियो सन्देशमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसको आक्रमणबाट १३७ युक्रेनीले ज्यान गुमाएको बताएका छन् ।
मारिनेमा सर्वसाधारणसमेत छन् । अमेरिकाका लागि युक्रेनका राजदूतले कैयौँ सर्वसाधारण मारिएको बताएका छन्।
रुसको आक्रमणबाट उत्तिकै घाइते भएका छन् । पूर्वी युक्रेनस्थित हार्किभ सहरमा २६ जना घाइते भएका छन् ।
रुसको कदमपछि युक्रेनी त्रसित बनेका छन् । पहिलो दिन नै हजारौं युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थान रोजेको बिबिसीले जनाएको छ । नागरिकले देश छाड्ने खतरा बढेपछि युक्रेनले १८ देखि ६० वर्षका पुरुषलाई कतै नजान अपिल गरेको छ ।
कैयौं मानिसहरू रात्रिकालीन कर्फ्यू लगाइएको राजधानी किएभको मेट्रो स्टेसनमा पुगेका छन् । किएभ बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्न खुला राखिएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया