आक्रमणको पहिलो दिनमै १३७ युक्रेनीको मृत्यु

काठमाडौं । रुसले युक्रेनमाथि युद्ध घोषणा गरेको पहिलो दिनमै १३७ जना युक्रेनीको मृत्यु भएको छ ।
एउटा भिडियो सन्देशमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसको आक्रमणबाट १३७ युक्रेनीले ज्यान गुमाएको बताएका छन् ।
मारिनेमा सर्वसाधारणसमेत छन् । अमेरिकाका लागि युक्रेनका राजदूतले कैयौँ सर्वसाधारण मारिएको बताएका छन्।
रुसको आक्रमणबाट उत्तिकै घाइते भएका छन् । पूर्वी युक्रेनस्थित हार्किभ सहरमा २६ जना घाइते भएका छन् ।
रुसको कदमपछि युक्रेनी त्रसित बनेका छन् । पहिलो दिन नै हजारौं युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थान रोजेको बिबिसीले जनाएको छ । नागरिकले देश छाड्ने खतरा बढेपछि युक्रेनले १८ देखि ६० वर्षका पुरुषलाई कतै नजान अपिल गरेको छ ।
कैयौं मानिसहरू रात्रिकालीन कर्फ्यू लगाइएको राजधानी किएभको मेट्रो स्टेसनमा पुगेका छन् । किएभ बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्न खुला राखिएको छ।
प्रतिक्रिया