माओवादी केन्द्र नुवाकोटको संयोजकमा लामिछाने
नुवाकोट । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ ।
प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षता र पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा यही फागुन ११ र १२ गते काठमाडौँमा सम्पन्न भएको बैठकले अहिलेका जिल्ला अध्यक्ष हिरानाथ खतिवडालाई माथिल्लो कमिटीको जिम्मेवारीमा पठाउने तयारी गर्दै लामिछानेलाई जिल्ला अध्यक्षसरहको रूपमा रहेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको संयोजक बनाएको हो ।
माओवादी केन्द्रको विधानअनुसार अहिले जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ ।
माओवादी केन्द्र प्रदेश समितिको बैठकले जिल्ला नेतृत्वसहित नुवाकोटमा रहेको दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्रमा इञ्चार्ज, संयोजक र सचिव तथा जिल्लाको बाह्रवटै पालिकामा इन्चार्ज तोकिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया