NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

युक्रेनको राजधानीमा निरन्तर विस्फोट

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको दोस्रो दिन किएभमा लगातार विस्फोट भइरहेको खबर प्रकाशमा आएका छन् ।

सिएनएनका अनुसार, शुक्रबार बिहानै युक्रेनको राजधानी किएभको मध्य भागमा दुई ठूला विस्फोट भएका छन् । त्यहाँबाट केही पर अर्को विस्फोटको आवाज पनि सुनिएको सिथयो ।

यी सबै आक्रमणमा क्रुज क्षेप्यास्त्रको प्रयोग गरिएको बताइएको छ ।

पछिल्ला आक्रमणबारे युक्रेनी सेनाले भने कुनै प्रतिक्रिया जनाएको छेन ।