पल शाहलाई पक्राउ गर्न प्रहरीले खटायो पाँच टोली

काठमाडौं । एक किशोरी गायिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न नेपाल प्रहरीका पाँच टोली परिचालनक गरिएको छ ।
पीडित गायिकाका बुवाले बुधबार शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गरेसँगै उनीविरुद्ध प्रहरी परिचालन गरिएको हो ।
जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।
अभिनेता शाह अहिले मोबाइल बन्द गरेर बसेको बताइएको छ । उनी अहिले काठमाडौंमै रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया