एमसिसी पास गर्ने प्रचण्डको एकल निर्णय वैधानिक छैनः लेखनाथ न्यौपाने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले अमेरिकी सहयोग एमसिसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित पास गर्ने पार्टीको निर्णयप्रति तीव्र असहमति जनाएका छन् । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक टिप्पणीसहित सम्झौता पास गर्ने प्रचण्डको एकल निर्णयप्रति आपत्ति जनाएका हुन् ।
केन्द्रीय समितिको बैंठक पटक–पटक स्थगित गरिएको भन्दै उनले महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था राष्ट्रियतासम्बन्धी गम्भीर विषयमा एकल निर्णय मान्य नहुने बताए ।
‘एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसिसी जस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ?’, नेपालवाचसँग संक्षिप्त प्रतिकृया दिँदै उनले भने, ‘पार्टीको आठौं महाधिवेशनले गरेको निर्णय र नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन् । आज बिहान बसेको भनिएको बैठकको कुनै बैधानिकता छैन ।’
उनले माओवादी राष्ट्रघात गर्ने पार्टी नभएको भन्दै प्रचण्डको निर्णयको विरुद्ध थप विरोध कार्यक्रम ल्याउने टिप्पणी गरे । एमसिसी पास के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले पार्टीभित्र सबै साथीहरूसँग सल्लाह गरेर थप निर्णय लिने जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया