नायक पल शाह पक्राउ

काठमाडौं । एक किशोरी गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह पक्राउ परेका छन् । उनलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हो ।
शाहलाई नियन्त्रणमा लिइएको र उनी अहिले आफूसँगै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले नेपालवाचलाई जानकारी दिए ।
शाहले आज बिहानमात्रै सामाजिक सञ्जालमा आइतबार प्रहरीसामु आफैं उपस्थित हुने बताएका थिए ।
नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका परिवारले दिएको जाहेरीमा उल्लेख छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।
जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
ताजा अपडेट
-
माओवादीप्रति जनताको विश्वास बढ्यो, ०८४ मा ०६४ फर्काउँछौं : प्रचण्ड
-
कुलमानदेखि युवराज अधिकारीसम्मका व्यक्तिविरुद्ध अनुसन्धान गर्दै लेखा समिति
-
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
-
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
-
सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर
प्रतिक्रिया