बझाङमा जिप दुर्घटना, चालकसहित चारजना घाईते
सुनिल मण्डेल बझाङ । बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना भएको छ । फागुन १३ गते राती ८ बजे चैन्पुर बाट मष्टा गाउपालिका गइरहेको सुपप्र ००१ ज १२१९ नम्बरको जिप मष्टा गाउँपालिका – २ बाडे गाउको तल्लो मोडमा दुर्घटना भएको हो ।
९ जना सवार रहेको उक्त जिप सडक बाट करिब २५ मिटर तल खस्दा चालक गम्भिर घाइते भएको र अन्य ३ जना सामान्य घाइते भएको जिलला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घाइते हुनेमा मष्टा गाउँपालिका- ७ कि १८ बर्षिया कमला द्धाल , सोहि ठाउँका ४५ बर्षिया गोरख द्धाल , अँग बहादुर बोहरा , जिप चालक शान्त बोहरा रहेका छन् ।
उनीहरुको जिल्ला अस्पतालमा उपचार भइहेको जनाइएको छ । जिप दुर्घटना हुनुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बझाङमा बिना स्टेमेट , मनपरी ढँगले आफुनो पायक पर्ने ठाउ अनुकुल जबरजस्ती अव्यबस्थीत रोडकटाइले गर्दा यस्ता दुर्घटनाको जोखीम बढ्दै गइरहेको मष्टा गाउँपािलकका स्थानीय जोग बहादुर कठाएतले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया