एमसिसीको एकतर्फी व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता नेपाली जनताले मान्न बाध्य नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आइबार बसेको बैठकमा भाग लिदै एमसिसीका असमान प्रावधान रहेको टिप्पणी नेपालले कसैको सरक्षा छाता ओड्न बाध्य नभएको उनले टिप्पणी गरे ।
‘एमसिसी सम्झौतामा एक बुँदामा मात्र होइन धेरै बुँदामा नेपालको राष्ट्रियहित प्रावधान छ’, एमसिसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालले भने, ‘राष्ट्रियतासँग जोडिएको गम्भिर विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्छ ।’
प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउन नसके उनको असक्षमता हुने टिप्पणी गरे । खनालले सुरुदेखिका सरकारले गरेको पत्रचार र सम्झौता सदनसामु जस्ताको तस्तै प्रस्तुत गर्नुपर्ने धारणा राखे ।
यथास्थितिमा एमसिसी कुनै हालतमा अनुमोदन हुन नसक्ने खनालले जिकिर गरे ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया