एमसिसीको एकतर्फी व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता नेपाली जनताले मान्न बाध्य नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आइबार बसेको बैठकमा भाग लिदै एमसिसीका असमान प्रावधान रहेको टिप्पणी नेपालले कसैको सरक्षा छाता ओड्न बाध्य नभएको उनले टिप्पणी गरे ।
‘एमसिसी सम्झौतामा एक बुँदामा मात्र होइन धेरै बुँदामा नेपालको राष्ट्रियहित प्रावधान छ’, एमसिसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालले भने, ‘राष्ट्रियतासँग जोडिएको गम्भिर विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्छ ।’
प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउन नसके उनको असक्षमता हुने टिप्पणी गरे । खनालले सुरुदेखिका सरकारले गरेको पत्रचार र सम्झौता सदनसामु जस्ताको तस्तै प्रस्तुत गर्नुपर्ने धारणा राखे ।
यथास्थितिमा एमसिसी कुनै हालतमा अनुमोदन हुन नसक्ने खनालले जिकिर गरे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया