पल शाहविरुद्ध पीडित गायिकाको अर्को जाहेरी
काठमाडाैं । अभिनेता एवं मोडल पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी भएको छ । पीडित पक्षले आइतबार आफन्तहरूसहित नवलपरासीको गैंडाकोट पुगेर जाहेरी दिएकी हुन् ।
१७ वर्षीया गायिकालेे जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको प्रवक्ता दिलिप कुमार गिरीको भनाइ छ
उनका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने र नहुने टुंगो लाग्नेछ । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।
आज नायक शाह आफैले प्रहरीसामू आत्मसमर्पण गरिसकेका छन् । नायक शाहले आफूले कानुनले जे निर्णय गर्छ त्यसलाई स्वीकार गर्ने बताएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया