NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ९ गते

रुपेन्देहीका वडासचिव घुससहित नियन्त्रणमा

काठमाडौं । रुपेन्देहीस्थित सिद्धार्थनगर नगरपालिका वडा नं ४ का वडासचिव मोहम्मद सिद्धिक घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

नायब सुब्बा सिद्धिकले विवाह दर्ता सहजिकरण गरिदिने नाममा सेवाग्राहीसँग तीन हजार रूपैयाँ घुस लिएको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा उनलाई घुस लिइसकेको अवस्थामा वडा कार्यालयबाटै नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार सिद्धिकमाथि यतिबेला थप अनुसन्धान भइरहेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष