रुपेन्देहीका वडासचिव घुससहित नियन्त्रणमा
काठमाडौं । रुपेन्देहीस्थित सिद्धार्थनगर नगरपालिका वडा नं ४ का वडासचिव मोहम्मद सिद्धिक घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
नायब सुब्बा सिद्धिकले विवाह दर्ता सहजिकरण गरिदिने नाममा सेवाग्राहीसँग तीन हजार रूपैयाँ घुस लिएको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा उनलाई घुस लिइसकेको अवस्थामा वडा कार्यालयबाटै नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार सिद्धिकमाथि यतिबेला थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया