NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

शान्तिवार्ताबीच रुस–युक्रेन युद्ध जारी

काठमाडौं । रुस र युक्रेनबीचको लडाइँ जारी छ । बेलारुसमा शान्तिवार्ता चलिरहे पनि लडाइँ चलिरहेको छ ।

बिबिसीका अनुसार, युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसले क्षेप्यास्त्र हमला गरिरहेको छ । जसबाट पुगेको क्षति यकिन भइनसकेको पनि धेरै मानिस मारिएको आशंका छ ।

राजधानी किएभमा खतराजनित साइरन बजिरहेका छन् भने उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेको बिबिसीले लेखेको छ ।

युक्रेनमाथि चौतर्फी रुसी हमला जारी रहे पनि रुसले कही पनि नियन्त्रण जमाउन भने सकेको छैन ।