निजामती कर्मचारी युनियनमा पोखरेल समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनका लागि गोपालप्रसाद पोखरेल समूहले उम्मेदवारी घोषणा गरेको छ । युनियनका वर्तमान अध्यक्षसमेत रहेका खोटाङ निवासी पोखरेलले आगामी कार्यकालका लागि पुनः उम्मेदवारी दिन लागेका हुन् ।
अध्यक्ष पोखरेल समूहको वरिष्ठ उपाध्यक्षमा उत्तम कटवाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वलीले उम्मेदवारी दिने भएका छन् ।
त्यसैगरी प्रदेश उपाध्यक्षमा प्रदेश नं १ बाट मानबहादुर वन, मधेश प्रदेशबाट राजकिशोर राउत, बागमती प्रदेशबाट दीपकराज मिश्र, गण्डकी प्रदेशबाट दीपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट चेतराज जोशी उम्मेदवारी दिने तय भएको छ ।
यस्तै सचिव र सदस्यको भने टुङ्गो लगाउन बाँकी रहेको उपमहासचिव दुर्गा फुँयालले जानकारी दिए । नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २१ देखि २३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ ।
कोरोना सङ्क्रमणका कारण गत माघ ८ देखि १० गतेका लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया