निजामती कर्मचारी युनियनमा पोखरेल समूहको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनका लागि गोपालप्रसाद पोखरेल समूहले उम्मेदवारी घोषणा गरेको छ । युनियनका वर्तमान अध्यक्षसमेत रहेका खोटाङ निवासी पोखरेलले आगामी कार्यकालका लागि पुनः उम्मेदवारी दिन लागेका हुन् ।
अध्यक्ष पोखरेल समूहको वरिष्ठ उपाध्यक्षमा उत्तम कटवाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वलीले उम्मेदवारी दिने भएका छन् ।
त्यसैगरी प्रदेश उपाध्यक्षमा प्रदेश नं १ बाट मानबहादुर वन, मधेश प्रदेशबाट राजकिशोर राउत, बागमती प्रदेशबाट दीपकराज मिश्र, गण्डकी प्रदेशबाट दीपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट चेतराज जोशी उम्मेदवारी दिने तय भएको छ ।
यस्तै सचिव र सदस्यको भने टुङ्गो लगाउन बाँकी रहेको उपमहासचिव दुर्गा फुँयालले जानकारी दिए । नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २१ देखि २३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ ।
कोरोना सङ्क्रमणका कारण गत माघ ८ देखि १० गतेका लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया