किएभ टेलिभिजन टावरमाथि आक्रमण, कम्तीमा ५ मारिए
काठमाडौं । रुसले किएभ टेलिभिजन टावरमाथि आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरू थप पाँच जना घाइते छन् ।
लक्षित हमला गर्ने चेतावनीबीच रुसले टेलिभिजन टावरलाई निशाना बनाएको हो । टेलिभिजन फुटेजमा टावरबाट धुँवाको मुस्लो आइरहेको देखिन्छ ।
बिबिसी समाचारका अनुसार, आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिएका छन् । सोही आक्रमणबाट यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ ।
युक्रेनी विदेशमन्त्रीले यसलाई रुसी बर्बरता भनेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया