किएभ टेलिभिजन टावरमाथि आक्रमण, कम्तीमा ५ मारिए

काठमाडौं । रुसले किएभ टेलिभिजन टावरमाथि आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरू थप पाँच जना घाइते छन् ।
लक्षित हमला गर्ने चेतावनीबीच रुसले टेलिभिजन टावरलाई निशाना बनाएको हो । टेलिभिजन फुटेजमा टावरबाट धुँवाको मुस्लो आइरहेको देखिन्छ ।
बिबिसी समाचारका अनुसार, आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिएका छन् । सोही आक्रमणबाट यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ ।
युक्रेनी विदेशमन्त्रीले यसलाई रुसी बर्बरता भनेका छन् ।
प्रतिक्रिया