NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

दीपकराज लेख्छन्–गल्ली गल्लीमा न्यायालय, घरघरमा न्यायाधीश

काठमाडौं । कलाकार दीपकराज गिरीले पल शाह प्रकरणतर्फ संकेत गर्दै गल्ली गल्लीमा न्यायालय र घरघरमा न्यायाधीश देखिएको बताएका छन् ।

सामाजिक संजालमा लेख्दै गिरीले एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका नायक पल शाहका पक्ष र विपक्षमा भइरहेका टिप्पणीप्रति यस्तो लेखेका हुन् ।

मुद्दा नै प्रभावित पार्ने गरी कलाकारदेखि, युट्यवर र सामाजिक संजालका प्रयोगकर्ता नै यो ठीक र उ बेठीक भन्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् । ‘यो चाहि दोषी हो ,त्यो चाँहि ठिक ! एउटा पक्ष संग प्रेम ,अर्कोसँग रिस
गल्ली गल्लीमा न्यायालय !! घर घरमा न्यायाधीश !!!’ गिरीले लेखेका छन् ।