मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित तीनजना पक्राउ
राँझा । बाँके प्रहरीले डुडुवा गाउँपालिकाबाट अत्याधुनिक हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । अटोमेटिक पेस्तोल, नौ राउण्ड गोली र खुँडासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पक्राउपर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी दीपेन्द्र अधिकारी, वडा नं १८ निवासी सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायलाई मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने नौ राउण्ड गोली र खुँडासहित डुडुवाबाट नियन्त्रणमा लिइएको हो ।
डुडुवास्थित राप्ती पुल नजिक गोली चलेको आवाज आएपछि इलाका प्रहरी कार्यालय वनकट्टी (क)बाट गएको प्रहरी टोलीले सुशान्त केसीले चलाएको बागमती प्रदेश ०१–०२५ च ३०९७ नं को गाडी रोकेर जाँच गर्दा पेस्तोल, गोली र खुँडा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको उपरीक्षक न्यौपानेले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया