NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

युक्रेनको बन्दरगाह शहर खेअरसन रुसको नियन्त्रणमा

काठमाडौं । रुसले युक्रेनको बन्दरगाह शहर खेअरसनको दक्षिणी शहरलाई आफ्नो नियन्त्रणमा लिएको छ । युद्ध सुरु भएयता रुसले महत्त्वपूर्ण शहर नियन्त्रणमा लिएको यो पहिलो घटना हो ।

बिबिसीले खेअरसनका मेयरलाई उद्धृत गर्दै उक्त शहर रुसी फौजको नियन्त्रणमा गएको लेखेको छ ।

मेयर इगोर कोलिखाएभका अनुसार, उक्त शहरको सभागृहमा अहिले रुसी फौज छन् । त्यहाँ युक्रेनी सशस्त्र बलको उपस्थिति छैन । सर्वसाधारण भने आफ्नै थातथलोमा छन् ।

सडकमा कारहरू सवारी साधन गुड्न रोक लागेको छ छैन तर विस्तारै गतिमा हिँडन भनिएको छ । दुई जनाभन्दा बढीको समूहमा पैदल हिँड्न नपाइने नियम बाँधिएको छ ।

उता, दक्षिणी बन्दरगाह शहर मारिऊपोलमा गोलाबारी जारी छ । त्यहाँ सयौँ मानिस मारिएको हुनसक्ने आशंका गरिए पनि अहिलेसम्म स्वतन्त्र पुष्टि हुन बाँकी छ ।