१० लाख युक्रेनीले छाडे देश
काठमाडौं । रुसले आक्रमण थालेपछि १० लाख युक्रेनीले देश छाडेको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघका अनुसार, ती सबै युक्रेनी शरणका लागि छिमेकी मुलुक पुगेका छन् ।
राष्ट्र संघका अधिकारीले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने अनुमान गरेका छन् ।
यसरी विस्थापित हुने नागरिकलाई सहायताको आवश्यकता पर्ने संयुक्त राष्ट्र संघले अनुमान गरेको छ ।
रुसले एक सातादेखि युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको छ । यो क्रममा आवासीय भवनमा समेत धन–जनको क्षति भएको छ । जारी युद्धबीच दुई देश शान्ति वार्ताको टेबलमा बसे पनि निष्कर्ष निस्किएको छैन । समस्या समाधान निम्ति पुनः वार्तामा बस्ने बताइए पनि मिति टुंगो लागेको छैन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया