NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

१० लाख युक्रेनीले छाडे देश

काठमाडौं । रुसले आक्रमण थालेपछि १० लाख युक्रेनीले देश छाडेको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघका अनुसार, ती सबै युक्रेनी शरणका लागि छिमेकी मुलुक पुगेका छन् ।

राष्ट्र संघका अधिकारीले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने अनुमान गरेका छन् ।

यसरी विस्थापित हुने नागरिकलाई सहायताको आवश्यकता पर्ने संयुक्त राष्ट्र संघले अनुमान गरेको छ ।

रुसले एक सातादेखि युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको छ । यो क्रममा आवासीय भवनमा समेत धन–जनको क्षति भएको छ । जारी युद्धबीच दुई देश शान्ति वार्ताको टेबलमा बसे पनि निष्कर्ष निस्किएको छैन । समस्या समाधान निम्ति पुनः वार्तामा बस्ने बताइए पनि मिति टुंगो लागेको छैन ।