काठमाडौं ट्रिनालेको पहलमा बर्जर पेन्ट्सले कला प्रदर्शनी गर्ने
काठमाडौं । काठमाडौं ट्रिनालेले त्रैवार्षिक रूपमा आयोजना गर्ने काठमाडौं ट्रिनालेको चौथो संस्करण यही फागुनमा हुने भएको छ । उक्त ०७७ अन्र्तराष्ट्रिय कला प्रदर्शनीका लागि काठमाडौं ट्रिनाले र बर्जर पेन्टस् नेपालबीच साझेदारी भएको छ ।
यस साझेदारीमार्पmत नेपालको कला र संस्कृतिलाई प्रबद्र्धन गर्ने बर्जर पेन्टस्ले जनाएकोे छ ।
फागुन १७ देखि चैत १७ सम्म हुन लागेको यस कला प्रदर्शनीमा ४० राष्ट्रका १०० जना कलाकारले आफ्ना ३०० कलाकृति प्रदर्शन गर्नेछन् । साथै विभिन्न विधामा आधारित रहेर काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक महत्वका पाँच ठाउँमा आफ्ना कला प्रस्तुत गर्नेछन् ।
विश्वव्यापी समकालीन कला प्रदर्शनीका लागि काठमाडौं ट्रिनाले नेपालकै प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो ।
काठमाडौंको कला र संस्कृतिलाई विश्वसामु चिनाउन सिदार्थ आर्ट फाउन्डेसनको पहलमा यस प्रदर्शनीको पछिल्लो संस्करण सुरु हुन गइरहेको हो ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया