राउतको हत्याका दुई आरोपी पक्राउ
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । राउत यही फागुन १६ गतेदेखि हराएका थिए । उनको शव १७ गते फेला परेको थियो । घटना अनुसन्धानका लागि प्रहरीले कुकुरको समेत प्रयोग गरेको थियो ।
उनको शवलाई अहिले परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय याकुब चौधरी र १८ वर्षीय करण पासवानलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनीहरुबीच पैसाको लेनदेनका विषयमा विवाद हुँदा हत्या गरेको अनुसन्धानमा खुलेको छ । उनीहरु लागुऔषध कारोबार तथा सेवामा समेत संलग्न रहेको पाइएकाले अनुसन्धान जारी रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया