वार्तामा आउन रुसी समकक्षीलाई युक्रेनी राष्ट्रपतिको अपिल
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्लाएक्लै वार्तामा आउन आफ्ना रुसी समकक्षी भ्यालादिमिर पुटिनलाई अपिल गरेका छन् ।
युद्धले मानवीय संकट गहिरिँदै गएका बेला जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन् ।
रुसले युक्रनेमाथि आक्रमण गरेको ८ दिन भएको छ । रुसी राष्ट्रपतिले यसको सशक्त प्रतिरक्षा गर्दै योजनाअनुरूप नै अगाडि बढिरहेको जनाएका छन् । उनले युक्रेनलाई रुसविरोधी बनाउन पश्चिमा राष्ट्रले भूमिका खेलेको आरोप पनि लगाए ।
रुस र युक्रेनबीच दोस्रो चरणको शान्तिवार्ता सम्पन्न भएको छ । दुवै देशबीच मानवीय सहायताको व्यवस्था गर्ने सहमति बनेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया