NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

वार्तामा आउन रुसी समकक्षीलाई युक्रेनी राष्ट्रपतिको अपिल

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्लाएक्लै वार्तामा आउन आफ्ना रुसी समकक्षी भ्यालादिमिर पुटिनलाई अपिल गरेका छन् ।

युद्धले मानवीय संकट गहिरिँदै गएका बेला जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन् ।

रुसले युक्रनेमाथि आक्रमण गरेको ८ दिन भएको छ । रुसी राष्ट्रपतिले यसको सशक्त प्रतिरक्षा गर्दै योजनाअनुरूप नै अगाडि बढिरहेको जनाएका छन् । उनले युक्रेनलाई रुसविरोधी बनाउन पश्चिमा राष्ट्रले भूमिका खेलेको आरोप पनि लगाए ।

रुस र युक्रेनबीच दोस्रो चरणको शान्तिवार्ता सम्पन्न भएको छ । दुवै देशबीच मानवीय सहायताको व्यवस्था गर्ने सहमति बनेको छ ।