माओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठकस्थल राष्ट्रिय सभागृहलाई तोकिएको छ ।
बैठकको मूल एजेण्डा पदाधिकारी चयन गर्नु छ । गत पुस ११ देखि १८ गतेसम्म राजधानीमा चलेको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय कमिटीलाई जिम्मा दिएको थियो । केन्द्रीय समितिले अब बाँकी पदाधिकारी चयन गर्नेछ ।
माओवादी केन्द्रमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, दुई उप–महासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
बैठकमा देशको राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्ने कार्यसूची छ । अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि माओवादी केन्द्रमा तीव्र असन्तुष्टि छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया