NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

पल प्रकरणबारे दीपकराज : पीडितले भोगिरहेको नियतिमा हामी नै दोषी

काठमाडौं । एक नाबिलग गायिकालाई बलात्कार गरेको अभियोगमा अहिले नायक पल शाह तनहुँको हिरातसमा छन् । नायक शाह र पीडित गायिकाको पक्ष विपक्षमा अहिले अधिकारकर्मी, सेलेब्रेटी, सर्वसाधारणले आ -आफ्नो धारणा राखिरहेका छन् ।

कोही पलको पक्षमा उभिएर पललाई निर्दोष सावित गराउन खोजिरहका छन् भने कतिले पीडित गायिकालाई गालीगलौज गर्नुका साथै उनको चरित्रमाथि प्रश्न उठाइरहेका छन् ।

यस प्रकरणमा आज हास्य कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफ्नो विचार राखेका छन् । उनले आज पीडितल भोगिरहेको नियतिमा आफूलगायत आफ्नै क्षेत्रलाई दोष दिएका छन् ।

उनले लेखेका छन्, ‘मिडियासामू बोल्न, कार्यक्रममा कति पारिश्रमिक माग्ने, कोसंग कसरी प्रस्तुत हुने यो सबै कस्ले सिकायो? मेरै क्षेत्र ले सिकाएको हो , हामीले नै सिकाएको हो यसमा प्रसस्तै गौरब छ !’

उनी लेख्छन्,‘ उनले भोगिरहेको आजको नियतिमा, आफूलाइ पनि दोषि देखिरहेको छु ।’