पल प्रकरणबारे दीपकराज : पीडितले भोगिरहेको नियतिमा हामी नै दोषी
काठमाडौं । एक नाबिलग गायिकालाई बलात्कार गरेको अभियोगमा अहिले नायक पल शाह तनहुँको हिरातसमा छन् । नायक शाह र पीडित गायिकाको पक्ष विपक्षमा अहिले अधिकारकर्मी, सेलेब्रेटी, सर्वसाधारणले आ -आफ्नो धारणा राखिरहेका छन् ।
कोही पलको पक्षमा उभिएर पललाई निर्दोष सावित गराउन खोजिरहका छन् भने कतिले पीडित गायिकालाई गालीगलौज गर्नुका साथै उनको चरित्रमाथि प्रश्न उठाइरहेका छन् ।
यस प्रकरणमा आज हास्य कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफ्नो विचार राखेका छन् । उनले आज पीडितल भोगिरहेको नियतिमा आफूलगायत आफ्नै क्षेत्रलाई दोष दिएका छन् ।
उनले लेखेका छन्, ‘मिडियासामू बोल्न, कार्यक्रममा कति पारिश्रमिक माग्ने, कोसंग कसरी प्रस्तुत हुने यो सबै कस्ले सिकायो? मेरै क्षेत्र ले सिकाएको हो , हामीले नै सिकाएको हो यसमा प्रसस्तै गौरब छ !’
उनी लेख्छन्,‘ उनले भोगिरहेको आजको नियतिमा, आफूलाइ पनि दोषि देखिरहेको छु ।’
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया