अमेरिकामा आँधी : कम्तीमा ६ जनाको मृत्यु
एएफपी । अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते भएका र घर र सम्पत्ति दुबैमा व्यापक क्षति पु¥याएको काउन्टीको आपतकालीन व्यवस्थापन निर्देशकले बताएका छन् ।
‘केन्द्रीय आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तूफानहरू पूर्वतिर सर्दैछन् ।’ राष्ट्रिय मौसम सेवा डेस मोइन्सले साँझ ७ः३० मा ट्वीट गरेर जानकारी दिएको छ ।आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ । यो आँधी समुदायको लागि धेरै विनाशकारी रहेको र उद्धार प्रयास रातभर जारी रहने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोप घोषणा जारी गरेका छन् । यसले राज्य स्रोतहरूलाई अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिन्छ । ‘हाम्रो हृदय आज राज्यमा आएको घातक आँधीबाट प्रभावित सबैप्रति भावुक भएको छ ।’ रेनोल्ड्सले एक विज्ञप्तिमार्फत भनेका छन् ।
गत डिसेम्बरमा आएको दर्जनौं विनाशकारी आँधीबेहरीले अमेरिकाको पाँचवटा राज्यहरूमा प्रभावित भएको थियो । यस आँधीमा परी केन्टकी, टेनेसी, अर्कान्सास, मिसौरी र इलिनोइसमा ७७ जनाको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया