NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
बलात्कार प्रकरण :

पल शाह दोषी हुनसक्ने ५ बलिया प्रमाण

काठमाडौं । अभिनेता पल शाहविरुद्ध गत फागुन १२ मा तनहुँ एक किशोरी गायिकालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीमा जाहेरी परेको छ ।

गायिकाका बुवाले किटानी जाहेरी दिएको तीन दिनपछि अर्थात गत फागुन १५ मा शाहले तनहुँ प्रहरीसमक्ष दमौली गएर गिरफ्तारी दिए ।

सातदिन हिरासतमा रहेका शाहलाई आज १२ दिन म्याद थपिएको छ । यसको अर्थ घटनाबारे थप अनुसन्धान गर्नुपर्ने भएको छ ।

हालसम्मको अनुसन्धानले अभिनेता शाह दोषी ठहरिने सम्भावना बलियो देखिएको प्रहरी स्रोतले जनाएको छ ।

नाबालिग गायिकाको पक्षमा वकालत गरिहेकी अधिवक्ता राधिका खतिवडाले पनि अभिनेता शाह दोषी हुने अधारहरू विभिन्न सञ्चारमाध्यममार्फत पेश गरिरहेकी छिन् ।

अभिनेता शाहले नाबालिग गायिकासँग शारीरिक सम्पर्क भएको पुष्टि गर्ने केही फेसबुक च्याटका स्क्रिन फेला परेको प्रहरीले जनाएको छ । त्यहाँ शाहले आफूले यौन सम्पर्क राखेको स्वीकार गरेका छन् ।

अभिनेता शाहले ती नाबालिकसँग १५ र १७ वर्ष उमेरको बीचमा रहेका बेला ती गायिकासँग शारीरिक सम्पर्क गरेको पाइएको प्रहरीको दाबी छ ।

कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका नाबालिगसँग सहमतिमै पनि यौन सम्पर्क राख्नु बलात्कार सरह हो ।

यसर्थ, यस प्रकरणमा शाह दोषी प्रमाणित हुनसक्ने बलिया प्रमाण देखिएका छन् । यदि, कसुर पुष्टि भएका अभिनेता शाह १० देखि १२ वर्ष जेल जानसक्ने सम्भावना छ ।

यहाँ हामीले शाह दोषी हुनसक्ने ५ बलिया प्रमाण प्रस्तुत गरेका छौं ।

यस्ता छन् ५ प्रमाण :

१. जाहेरी दिएकी गायिका नाबालिग रहेको पुष्टि भएको छ ।

उनको जन्मदर्ताका आधारमा उनी नाबालिग देखिएको तनहुँ प्रहरीले जनाएको छ । शाहले करिब १५ वर्ष आठ महिनाको उमेरदेखि नाबालिगसँग शारीरिक सम्पर्क राखेको देखिन्छ ।

उनीमाथि तीनपटक शारीरिक सम्पर्क भएको थियो । सोबेला उनी १७ वर्षभन्दा कम रहेको पाइएको छ ।

२. गत हस्तामात्रै एउटा अडियो बाहिरिएको छ । त्यहाँ आरोपित शाह आफैंले शारीरिक सम्पर्क राखे पनि बच्चा नबसेकाले आफू विहे गर्नुपर्ने बाध्यतामा नभएको बताएका छन् ।

३. ती नाबालिग गायिकामाथि यौन सम्पर्क भएकोसमेत पुष्टि भएको छ । डाक्टरले दिएको रिपोर्टअनुसार यौन सम्पर्क पुष्टि भएको हो ।

४. शाहले नाबालिग गायिकासँग शारीरिक सम्पर्क भएको पुष्टि गर्ने केही फेसबुक च्याटका स्क्रिन फेला परेको प्रहरीले जनाएको छ । त्यहाँ शाहले आफूले यौन सम्पर्क राखेको स्वीकार गरेका छन् ।

५. प्रत्यक्षदर्शी र जानकारहरूको बयानहरूका आधारमा हेर्दा पनि शाह दोषी हुने सम्भावना बढेको छ ।

पीडितका बुवा–आमासँगै मोडल दुर्गेश थापा र गायक सम्राट उपाध्यायलगायतले पनि शाहले ती बालिकामाथि शारीरिक सम्पर्क राखेको बयान दिएको बताइएको छ ।

पल शाह थप १२ दिन थुनामा

 

 

ताजा अपडेट

नेपालवाच विशेष