NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

अभिनेत्री रेखालाई गाली गरेको आरोपमा शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

काठमाडौं । अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

गालीगलौजको जाहेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले जानकारी दिएको छ ।

थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेको थियो । पल प्रकरणमा पीडितको पक्षमा बोलेको भन्दै थापालाई गालीगालैज गरेको जारी उजुरीमा उल्लेख छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी छिन् ।

गत हप्ता थापाले सामाजिक सञ्जालमार्फत पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा लेखेकी थिइन् । उनले त्यसभन्दा अघि पनि सामाजिक सञ्जाजमार्फत पीडितको पक्षमा बोलेकी थिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष