गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

काठमाडौं । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमतिदेवी चौधरीबीच कुटाकुट भएको छ । दुईबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको हो ।
आफूले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गर्दा उपाध्यक्ष चौधरीको आरोप छ ।
अध्यक्ष जैसवालको कुरा भने ठीकविपरीत छ । उनले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन् ।
कुटपिटले चोटपटक र डाम बसेको उपाध्यक्ष चौधरीको दाबी छ ।
तर अध्यक्ष जैसवालले भने सोमबार नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया