यस्तो छ गाउँपालिका अध्यक्षको बन्दुकको रहस्य

काठमाडौं । पछिल्लो समय एकजना गाउँपालिका अध्यक्ष बन्दुक लिएर हिँडेको विषय विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तस्बिरमा एकजना मानिस बन्दुक भिरेर मोटरसाइकलमा हिँडिरहेका छन् । उनको अनुहार भने देखिएको छैन ।
भाइरल भएको तस्बिर जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको हो । घटना गाउँपालिका–६ स्थित घरंगामा आइतबार भएको हो ।
तर भाइरल भएजस्तो बन्दुक उनी आफैंले नबोकेको खुलेको छ ।
यद्यपि, उक्त बन्दुक अध्यक्ष बस्नेत आफैँको हो । बन्दुक बोक्ने युवक आफ्नै साथी (सहयाेगी) भएको उनले बताएका छन् ।
किन बोकियो बन्दुक ?
आफूसँग बन्दुकको अनुमतिपत्र (लाइसेन्स) रहेको अध्यक्ष बस्नेतले दाबी गरेका छन् ।
उनका अनुसार बन्दुक गाडीमा थियो । गाडी अन्यत्र जाने भएपछि साथीलाई बन्दुक घर पु¥याइदिन उनले आग्रह गरेका थिए ।
उनका साथीले बन्दुक घर पुर्याउँदा उक्त तस्बिर भाइरल बनेको हो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया