NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

निर्माण व्यवसायी महासंघको अधिवेशन २७ गतेदेखि

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणासभा तथा १२ औं अधिवेशन आगामी २७ गतेदेखि २९ गतेसम्म हुने भएको छ । महासंघले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अधिवेशन २७ गतेदेखि २९ सम्म कमालादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठान हुने जानकारी गराइएको हो ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको महासंघले जनाएको छ । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने महासंघका महासचिव रोशन दाहालले बताए । महासंघको ५९ सदस्यीय कार्य समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसियटसहित ८ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचित हुने उल्लेख गरेको छ ।

साथै कार्यक्रममा महासचिव एवं कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुकोे साथै सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको एघारौैँ संशोधन र व्यवसायीका अन्य मागहरुको विषमा पनि छलफल हुने जनाएको छ ।

अधिवेशन स्थलबाहिर निर्माण उद्योगसम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टल राखिने भएको छ । कार्यक्रममा देशभरबाट १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षक सहभागी हुने अनुमान रहेको छ । त्यस्तै अधिवेशनमा करिब २ करोडको खर्च हुने अनुमान महासंघले गरेको छ ।
हालै जारी रुस र युक्रेनबीच जारी द्धन्द्धका कारण अन्तर्राष्ट्रिय स्तरमा भइरहेको इन्धनको भारी मूल्यवृद्घिको मार नेपाली निर्माण उद्योले खेप्नु परेको महासंघका उपाध्यक्ष निकोलस पाण्डेले बताए ।

मूल्यवुद्घिको समस्यो समाधनका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई मूल्यवृद्घि निर्देशिका–२ तत्काल जारी गर्न महासंघले सरकारसमक्ष माग गरेको छ । आकाशिँदो मुल्यवृद्घि नियन्त्रण र हालै जारी गरिएको बीमासम्बन्धी निर्देशिका खारेज नभएमा आफूहरू आन्दोलनमा जान बाध्य हुने महासंघको धारणा छ ।