युक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको रूसको भनाइ

काठमाडौं । रूसले युक्रेनको अस्पतालमा आक्रमण नगरेको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले युक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारबीच रूसले आक्रमण नगरेको जनाएको हो ।
युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए । जसलाई रुसले स्वीकार गरेको छैन ।
यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले आत्मविश्वासका साथ झुठो बोल्ने गरेका आरोप लगाएका छन् । रूसले युक्रेनमाथि आक्रमण गर्न सुरु गरेपछि विश्वभर रूसको आलोचना भइरहेको छ । १५ लाख भन्दा बढी युक्रेनी नागरिक रुसी आक्रमणबाट जोगिन आफ्नो देश छोडेर छिमेकी मुलुकमा पुगेका छन् ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया