रुसविरुद्धको युद्धमा १३०० युक्रेनी सैनिक मारिए : जेलेन्स्की
काठमाडौं । रुसविरुद्धको युद्धमा हालसम्म आफ्ना १ हजार ३०० सैनिक मारिएको युक्रेनले सार्वजनिक गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पत्रकार सम्मेलनमा बोल्दै रुसविरुद्धको युद्धमा हालसम्म आफ्ना १ हजार ३०० सैनिक मारिएको बताए ।
जेलेन्स्कीका अनुसार, शुक्रबारसम्म ५००–६०० हाराहारीमा रसियन सेनाले युक्रेनसमक्ष आत्मसमर्पण गरिसकेका छन् । यद्यपि, युक्रेनको दाबीको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ ।
रुसले १७ दिनदेखि युक्रेनविरुद्धको आक्रमण जारी राखेको छ । किभबाट मात्रै २५ किलोमिटर टाढा रसियन सेना आइपुगेको छ । उसले किभ आक्रमणका लागि चारैतर्फ सेना तैनाथ गरेको बिबिसी समाचारमा उल्लेख छ ।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धविराम गर्न आग्रह गरेका छन् । तर रुसले युक्रेनले आत्मसमर्पण गर्नुपर्ने सर्त राख्दै आएको छ । युक्रेन भने मर्न तयार हुने तर रुससामु आत्मसमर्पण नगर्ने पक्षमा छ ।
युद्ध लम्बिँदै जाँदा युक्रेनभित्र मानवीय संकट चुलिँदै गएका छन् । मारिपोलका नागरिकले बिना बिजुली चिसो तापक्रममा सीमित खाना र पानीले दैनिक गुजारिरहेको बिबिसीले लेखेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया