NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

युक्रेनको दाबी– ५०० बढी रुसी सैनिकले आत्मसमर्पण गरे

काठमाडौं । जारी युद्धमा ५००–६०० आसपास रुसी सेनाले आफ्नो देशसमक्ष आत्मसमर्पण गरेको दाबी युक्रेनले गरेको छ ।

रसियाविरुद्धको जारी युद्धबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले करिब ५००–६०० रुसी सेनाले आफ्नो सेनासमक्ष आत्मसमर्पण गरेको बताए । तथापि, युक्रेनको यो दाबीको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ ।

जेलेन्स्कीले जारी युद्धका क्रममा भएको मानवीय क्षतिबारे पनि सार्वजनिक गरेका छन् । उनका अनुसार, हरुसविरुद्धको युद्धमा हालसम्म युक्रेनका १ हजार ३०० सैनिक मारिएका छन् ।

रुसले १७ दिनदेखि युक्रेनविरुद्धको आक्रमण जारी राखेको छ । किभबाट मात्रै २५ किलोमिटर टाढा रसियन सेना आइपुगेको छ । उसले किभ आक्रमणका लागि चारैतर्फ सेना तैनाथ गरेको बिबिसी समाचारमा उल्लेख छ ।

युद्ध लम्बिँदै जाँदा युक्रेनभित्र मानवीय संकट चुलिँदै गएका छन् । मारिपोलका नागरिकले बिना बिजुली चिसो तापक्रममा सीमित खाना र पानीले दैनिक गुजारिरहेको बिबिसीले लेखेको छ ।

युद्धविराम गर्न रुसलाई अन्तराष्ट्रिय समुदायले आग्रह गर्दै आए पनि रुसले युक्रेनले आत्मसमर्पण गर्नुपर्ने सर्त राख्दै आइरहेको छ । युक्रेन भने रुसविरुद्ध झुक्ने पक्षमा छैन ।