NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ११ गते
फ्ल्यास ब्याक

पाँच वर्षअघिको ओली–प्रचण्डको त्यो प्रतिबद्धता

काठमाडौं । पाँच वर्षअघि नेकपा एमाले प्रतिपक्षमा थियो । सत्ताको बागडोर माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सम्हालेका थिए । उनले सत्ता सहकार्य नेपाली कांग्रेससँग गरेका थिए । कांग्रेससँगको सहकार्यमा स्थानीय तहको चुनाव लडेको माओवादीले सोचेअनुसार भोट पाएन । त्यसको प्रत्यक्ष फाइदा कांग्रेसले लियो । सबैभन्दा ठूलो दल एमाले भयो ।

चुनावी परिणामबाट तर्सिएका प्रचण्डले प्रदेश र संघीय चुनावमा एमालेसँग सहकार्य र एकता गर्ने प्रस्ताव राखे । त्यसलाई सहर्ष स्वीकार गर्दै एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धन बनाउन तयार भए । दुई पार्टीले एउटै चुनावी घोषणापत्र बनाएर चुनाव लडेका थिए । वाम गठबन्धनलाई विश्वास गरेर जनताले पनि झण्डै दुई तिहाइ मत दिएर पठाए । जनादेश अनुसार दुवै पार्टी एक भए । नेकपा जन्मियो । तर पाँच वर्ष नपुग्दै प्रचण्ड–ओलीमा खटपट सुरू भयो र बीच बाटोमै नेकपा दुर्घटना भयो । गठबन्धनको प्रत्यक्ष फाइदा ओलीले लिए । प्रचण्ड र उनको पार्टी थप कमजोर भएको छ ।

पाँच वर्षपछि सत्तामा कांग्रेस–माओवादीकै कसिलो गठबन्धन छ । प्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवा छन् । एमाले अहिले पनि प्रतिपक्षमै छ । चुनावी अभियानमा ओली निकै उत्साही देखिएका छन् भने प्रचण्ड सम्भावित परिणामले भयभित । यी दुवै नेताले फरक यात्रा तय गरे पनि पाँच वर्षअघि संयुक्त घोषणापत्रमार्फत आफैंले प्रतिबद्धता गरेको वाचा जनताको कठघरामा उभिएर दिनुपर्नेछ ।

पाँच वर्षअघि चुनावमा ओली–प्रचण्डले यसरी भोट मागेका थिए

हामीलाई नै मत किन ?

नेपाली विशेषताका वामपन्थी एवं कम्युनिस्ट पार्टीबाहेक देशका अन्य कुनै पनि पार्टीहरूले राष्ट्र एवं जनताको सच्चा हितको समुचित प्रतिनिधित्त्व गर्न सक्दैनन् भन्ने तथ्य व्यवहारबाटै पुष्टि भएको छ । आजको आवश्यकताबमोजिम उनीहरूले समृद्ध नेपाल निर्माणको नेतृत्व गर्न सक्दैनन् । त्याग, बलिदान, समर्पण र सिर्जनशीलताको आधा शताब्दीभन्दा लामो हाम्रो व्यवहारले पुष्टि गरेको छ– नेपाल राष्ट्रको पुनर्निर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको समृद्धिको नेतृत्व हामी नेपाली कम्युनिस्टहरूले मात्र गरेका छौं र गर्नसक्छौं । यतिबेला नेपाली कम्युनिस्ट आन्दोलनका मूल प्रतिनिधि संस्था नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) हुन्, जसलाई हामीले निकट भविष्यमा एउटै एकीकृत पार्टीमा रूपान्तरित गर्ने घोषणा गरिसकेका छौं ।

हामी राष्ट्र निर्माणका सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता, शान्ति तथा स्थायित्व र विकास तथा समृद्धिका मुख्य पाँच विषयमा केन्द्रित हुन चाहन्छौं । राष्ट्रियताका सवालमा सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानका पाँच स्तम्भलाई सुदृढ गर्न चाहन्छौं ।
विकास तथा समृद्धिको सन्दर्भमा हामी नागरिक अधिकार, अवसर, सुरक्षा र सम्मानका चार स्तम्भलाई सुदृढ गर्न चाहन्छौं । नागरिकका मौलिक अधिकारका सन्दर्भमा शिक्षा, स्वास्थ्य, काम तथा रोजगारी, खाद्य सुरक्षा, आवाससहित राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गर्न चाहन्छौं । समृद्धिका अवसरमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न चाहन्छौं । नागरिक सुरक्षाका सन्दर्भमा सबैको जीउ धनको सुरक्षा, मिसावटजन्य पदार्थ, कृत्रिम तथा विषदीयुक्त खाद्य, हानिकारक पदार्थको प्रयोग, प्राकृतिक प्रकोप, विकिरणका दुस्प्रभावबाट जोगाउन चाहन्छौं, वातावरणीय सुरक्षा कायम गर्न चाहन्छौं । यी कार्यहरूबाट हामी हरेक नेपालीको आत्मसम्मान अभिवृद्धि गर्न सक्छौं र स्वाधीन, समृद्ध, समुन्नत एवं समाजवाद उन्मुख नेपाल निर्माणको उद्देश्य पूरा गर्न सक्छौं ।

हामी पुनः एकपटक जोड दिन चाहन्छौं :

(क) कम्युनिस्ट एवं वामपन्थी शक्तिहरू नै देशभक्तिपूर्ण आन्दोलनको मूल नेतृत्वदायी शक्ति भएकाले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र हितको रक्षाका लागि वामपन्थीहरूको बहुमतको सरकार आवश्यक छ ।

(ख) संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने संघर्षको मुख्य नेतृत्व र वाहक शक्ति हामी कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू भएकाले परिवर्तनको मूलमर्म एवं भावसहित नेपालको संविधान पालना गर्न र गराउन पनि संसद तथा सरकारमा वामपन्थीहरूको बहुमत आवश्यक छ ।

(ग) नेपाली स्वरूपको लोकतन्त्रको प्रयोगबाट ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली’ र ‘समाजवादउन्मुख’ सामाजिक–आर्थिक रूपान्तरणलाई सफल पार्न कम्युनिस्ट तथा वामपन्थीहरूबाट मात्र सम्भव छ । नेपालको सर्वोपरि विकासका लागि सबै राष्ट्रिय स्रोत र साधनलाई अत्यधिक रूपमा उपयोग र परिचालन गर्न पनि वामपन्थीहरूको नेतृत्व अपरिहार्य छ ।

(घ) एकैपटक सबै क्षेत्रमा तीव्र आर्थिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माण गर्न, रोजगारी र उच्च जीवनस्तर हासिल गर्न, जनताको आशा एवं आकांक्षा पूरा गर्न र समाजवादको आधार तयार पार्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबाहेक अरूबाट सम्भव छैन । छोटो समयमा सरकारको नेतृत्व गर्ने अवसर पाउँदा समेत हामीले आफूलाई सही साबित गरेका छौं । त्यसैले, समृद्ध नेपाल निर्माणका लागि वामपन्थीहरूको बहुमत आवश्यक छ ।

(ङ) शान्तिप्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्न, द्वन्द्वपीडितलाई न्याय दिन र दिगो शान्ति स्थापना गर्न कम्युनिस्ट तथा वामपन्थी सरकार अनिवार्य छ ।

(च) मजदुर, किसान, श्रमजीवी, दलित, महिला, मधेसी, जनजाति, थारू, मुस्लिम, उत्पीडित एवं पिछडिएका जनसमुदायको स्वाभिमान एवं हकहितका विषयहरूलाई राष्ट्रिय कार्यसूचीमा स्थापित गर्ने काम कम्युनिस्टहरूबाटै भएको हो। यसको रक्षा गर्न र राष्ट्रिय एकता सृदृढ गर्न कम्युनिस्ट तथा वामपन्थीहरूको अगुवाइ अपरिहार्य छ ।

(छ) इतिहास साक्षी छ, भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने काम कम्युनिस्ट तथा वामपन्थीहरूको नेतृत्वमा मात्र सम्भव छ ।

(ज) राजनीतिक स्थायित्व, दिगो शान्ति र राष्ट्रिय सुरक्षा कायम गर्नकै निम्ति हामीले सबै कम्युनिस्ट पार्टी र वामपन्थी लोकतन्त्रवादीहरूलाई एकताबद्ध गर्ने ऐतिहासिक कामको थालनी गरेका छौं । हाम्रो यस सहकार्यबाट मात्रै राजनीतिक स्थायित्व सम्भव छ ।

(झ) नेपालको संविधानले निर्देशित गरेअनुरूप संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तको आधारमा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सुमधुर सम्बन्ध कायम राखी नेपालको हित र स्वाभिमान प्रवद्र्धन गर्न पनि हाम्रो आवश्यकता टड्कारो रूपमा देखा परेको छ । नाकाबन्दीजस्ता संकटका घडीमा राष्ट्रको नेतृत्व गर्दै राष्ट्रिय स्वाभिमानको रक्षा गरेर हामीले आफूलाई व्यवहारमा प्रमाणित गरेका छ