युक्रेनलाई जित्ने आत्मा रुससँग छैनः भ्लोदिमिर जेलेन्स्की

किएभ । शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग नभएको बताएका छन् ।
युक्रेनले राजधानी किएभको ‘अथक प्रतिरक्षा’ को लागि आइतबार तयारी गरेको त्यहाँका सञ्चारमाध्यामले जनाएका छन् । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मरिउपोलमा पनि बमबारी जारी राखेको छ ।
मरिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । तर यो आइतबार सहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले भनेकी छन् ।
रणनीतिक बन्दरगाह सहर मरिउपोल ‘मानवीय प्रकोप’ को सामना गरिरहेको छ । यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार पाँच सयभन्दा बढी नागरिक मारिएका छन् । लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरिउपोल अझै पनि घेरिएको छ ।
‘यो सहरलाई युद्धबाट पाउन नसक्ने रुसीहरू भोक र निराशाले प्राप्त गर्न चाहिरहेको र युक्रेनी सेनालाई तल ल्याउन नसक्ने हुनाले उनीहरुले सर्वसाधारणलाई निशाना बनाउँछन्’, फ्रान्सेली सैन्य स्रोतले भनेको समाचारमा जनाइएको छ ।
‘दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गइरहेको छ, र केही सहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ,’ रुसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले भनेका छन् ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया