युक्रेनलाई जित्ने आत्मा रुससँग छैनः भ्लोदिमिर जेलेन्स्की
किएभ । शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग नभएको बताएका छन् ।
युक्रेनले राजधानी किएभको ‘अथक प्रतिरक्षा’ को लागि आइतबार तयारी गरेको त्यहाँका सञ्चारमाध्यामले जनाएका छन् । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मरिउपोलमा पनि बमबारी जारी राखेको छ ।
मरिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । तर यो आइतबार सहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले भनेकी छन् ।
रणनीतिक बन्दरगाह सहर मरिउपोल ‘मानवीय प्रकोप’ को सामना गरिरहेको छ । यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार पाँच सयभन्दा बढी नागरिक मारिएका छन् । लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरिउपोल अझै पनि घेरिएको छ ।
‘यो सहरलाई युद्धबाट पाउन नसक्ने रुसीहरू भोक र निराशाले प्राप्त गर्न चाहिरहेको र युक्रेनी सेनालाई तल ल्याउन नसक्ने हुनाले उनीहरुले सर्वसाधारणलाई निशाना बनाउँछन्’, फ्रान्सेली सैन्य स्रोतले भनेको समाचारमा जनाइएको छ ।
‘दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गइरहेको छ, र केही सहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ,’ रुसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले भनेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया