रुसकाे आक्रमणबाट युक्रेनको एलभिभमा ३५ को मृत्यु
एलभिभ । युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका ३५ जनाको मृत्यु भएको छ । रुसी सेनाले पोल्यान्डको सीमानजिक रहेको युक्रेनको सैन्य तालिम केन्द्र याभोरिभमा गरेको हवाई आक्रमणमा परी अरु कैयौं घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
क्षेत्रीय गभर्नर म्याक्सिम कोजित्स्कीका अनुसार युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् ।
रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौं मानिस विस्थापित भएका छन् ।
ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । विशेष गरेर दक्षिणी बन्दरगाह सहर मरिउपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन् ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया