NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पेन्टागनको दाबी– रुसी सेना केही दिनदेखि अघि बढ्न सकेन

काठमाडौं । केही दिनदेखि रुसी सेना युक्रेनमा अघि बढ्न नसकेको दाबी अमेरिकी रक्षा मन्त्रालयले गरेको छ । आक्रमण जारी रहे पनि रुस अघि बढ्न नसकेको र युक्रेनी सेना बहादुरीपूर्वक आफ्नो शहर रक्षा गर्न सफल भएको पेन्टागनको निष्कर्ष छ ।

युक्रेनले अहिले प्रभावकारी हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरिरहेको छ । यही कारण रुसको अघि बढ्ने प्रयास विफल भएको दाबी पेन्टागनको छ ।

तथापि, युक्रेनमा रुसको हमला जारी छ । २४ फेब्रुअरीदेखि आक्रमण थालिए पनि रुसले अहिलेसम्म युक्रेनी शिहर नियन्त्रणमा लिन सकेको छैन । बिबिसीका अनुसार राजधानी किएभमा रातको समयमा पनि विस्फोटन भइरहेका छन् ।