‘पिर’लाई लिएर माओवादीलाई मात्र गाली गर्नु उचित होइन : दीपकराज गिरी
काठमाडौं । हाँस्य कलाकार दीपकराज गिरीले प्रकाश सपुतको गीत ‘पिर’लाई लिएर माओवादीलाई मात्र एकोहोरो गाली गर्नु उचित नभएको बताएका छन् ।
पिरमा देखाइएकोजस्तो प्रवित्ति नेपालका प्रायः सबै पार्टीमा रहेको उनको भनाइ छ ।
‘केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई , समूह बनाएरै सराप्न थालेको पनि देखेँ । कुन चाहिँ पार्टीमा केही मानिसको रजाइँ र केही मानिसको हरि बिजोक छैन ?, उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकवागर्न सक्छ ?’
माओवादीकै विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तो सराप पनि उसैलाई गर्ने प्रवित्ति ठीक नभएको कलाकार गिरीले स्पष्ट पारेका छन् ।
गीत आफूलाई असाध्यै राम्रो लागेको र मन नै छोएको बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘यद्यपि, बन्द गर्न दबाव दिनु भने गलत नै हो ।’
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया