NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बाइडनसहित १३ उच्च अमेरिकी अधिकारीमाथि रुसको प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनसहित १३ उच्च अधिकारीमाथि रुसले प्रतिबन्ध घोषणा गरेको छ ।

युक्रेनमाथि आक्रमणको विरोधमा यसअघि अमेरिकाले रुसमाथि कडा प्रतिबन्धको घोषणा गरेको थियो । रुसले त्यसको प्रतिउत्तर दिँदै बाइडनलगायत उच्च अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको हो ।

रुसले प्रतिबन्ध लगाएकामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षामन्त्री लोयड अस्टिन, ह्वाइट हाउस प्रवक्ता जेन साकी, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन, अमेरिकाका जोइन्ट चिफ अफ स्टाफ प्रमुख मार्क मिली र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभन छन् ।

त्यसैगरी, राष्ट्रिय सुरक्षा उपसल्लाहकार दलिप सिंह, युएसएआइडीका प्रशासक सामन्था पावर, उप–वित्तमन्त्री वाली एडियमो र एक्सपोर्ट–इम्पोर्ट बैंक अफ युएसका प्रमुख रिटा जो लुइसले पनि अब रुस प्रवेश गर्न पाउने छैनन् ।

बाइडेनका पार्टीका नेता तथा परिवारलाई पनि रुसले प्रतिबन्ध लगाइएको छ ।

प्रतिबन्धको सूचीमा परेका व्यक्तिले अब रुस प्रवेश गर्न पाउने छैनन् भने उनीहरूको रुसमा रहेको सम्पत्ति समेत फ्रिज भएको छ ।