बाइडनसहित १३ उच्च अमेरिकी अधिकारीमाथि रुसको प्रतिबन्ध
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनसहित १३ उच्च अधिकारीमाथि रुसले प्रतिबन्ध घोषणा गरेको छ ।
युक्रेनमाथि आक्रमणको विरोधमा यसअघि अमेरिकाले रुसमाथि कडा प्रतिबन्धको घोषणा गरेको थियो । रुसले त्यसको प्रतिउत्तर दिँदै बाइडनलगायत उच्च अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको हो ।
रुसले प्रतिबन्ध लगाएकामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षामन्त्री लोयड अस्टिन, ह्वाइट हाउस प्रवक्ता जेन साकी, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन, अमेरिकाका जोइन्ट चिफ अफ स्टाफ प्रमुख मार्क मिली र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभन छन् ।
त्यसैगरी, राष्ट्रिय सुरक्षा उपसल्लाहकार दलिप सिंह, युएसएआइडीका प्रशासक सामन्था पावर, उप–वित्तमन्त्री वाली एडियमो र एक्सपोर्ट–इम्पोर्ट बैंक अफ युएसका प्रमुख रिटा जो लुइसले पनि अब रुस प्रवेश गर्न पाउने छैनन् ।
बाइडेनका पार्टीका नेता तथा परिवारलाई पनि रुसले प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्धको सूचीमा परेका व्यक्तिले अब रुस प्रवेश गर्न पाउने छैनन् भने उनीहरूको रुसमा रहेको सम्पत्ति समेत फ्रिज भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया