NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

युक्रेन–रुस युद्धकाे २० औं दिनः लुकेर बसेका युक्रेनीलाई खाद्यान्न र उपचारकाे अभाव

काठमाडौं । युक्रेनमा रुसले आक्रमण सुरु गरेको २० दिन पुगेको छ । २० दिनमा आक्रमणमा कमी आएको छैन । दुई पक्षबीच सहमतिका लागि वार्ता जारी भए पनि निष्कर्षमा पुगेको छैन ।

युक्रेनको राजधानी किएभका नगरप्रमुखका अनुसार राजधानी एक खतरनाक समयमा प्रवेश गरिरहेको छ । मंगलबार रातिदेखि बिहीबारसम्म त्यहाँ कफ्र्यु लागू गरिएको छ । स्थानीय अधिकारीका अनुसार सहरमा बिहानै भएको आक्रमणबाट ४ जना मारिएका छन् । किएभ र मस्कोबीच शान्ति वार्ता जारी छ । युक्रेनले यदि कुनै सम्झौता भएन भने रुसले पुनः आक्रमण सुरु गर्न सक्ने चेतावनी दिएको छ ।

बेलायतले रुसका ३ सय ७० जना विशिष्ट व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । साथै रुसी सामान र भोड्कामा पनि प्रतिबन्ध लागू गरेको छ । युरोपेली संघले रुसको आर्थिक क्षमता कमजोर बनाएर युक्रेनमा भएको हमला रोक्न भन्दै चौथो चरणको प्रतिबन्ध घोषणा गरेको छ ।

पोल्यान्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्री रेलमार्फत किएभ पुगेका छन् । पोल्याण्डको सैन्य जेट उडानलाई रूसले खतरनाक उत्तेजकको रूपमा हेर्न सक्ने भएका कारण नेताहरुले रेलमा जाने निर्णय गरेका हुन् । उनीहरुले त्यहाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्नेछन् । उनी वार्सा कहिले फर्किन्छन् भन्ने स्पष्ट छैन । पोल्यान्डका माटेउज मोराविकीले युक्रेनको राजधानीमा इतिहास रचिएको बताए । प्रधानमन्त्रीहरू आफ्ना युक्रेनी समकक्षी डेनिस स्मिहल र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफलका लागि बसे, उनीहरूलाई शक्तिशाली समर्थनका लागि धन्यवाद दिए ।

रुसमा प्रत्यक्ष टेलिभिजन बुलेटिनमार्फत युद्धको विरोध गर्ने पत्रकारलाई जरिवाना ताेकिएकाे छ । रुसको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेन, रक्षा सचिव लयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहाकार जेक सुलिभन र सिआइए प्रमुख विलियम बन्र्समा पनि लागू हुनेछ ।

संयुक्त राष्ट्र संघले २४ फेबु्रअरीमा रुसी आक्रमण सुरु भएपछि २५ लाखभन्दा बढी शरणार्थीले युक्रेनबाट विस्थापित भएको बताएको छ । पोलिस बोर्डर गार्ड एजेन्सीले युद्ध सुरु भएदेखि अहिलेसम्म १७ लाख ५० हजार मानिस भागेर पोल्यान्ड पुगेको जनाएको छ ।

खाद्यान्न र उपचारकाे अभाव

रुसको क्षेप्यास्त्र र लडाकु विमानहरुले युक्रेनका सहरमा आक्रमण जारी राखेका छन् । दक्षिण पूर्वको प्रमुख बन्दरगाह सहर मरिउपोलमा ठूलो सार्वजनिक भवनको बेसमेन्टमा फसेका सयौं मानिसहरुले खाद्यान्न पाएका छैनन र धेरैलाई तत्काल मेडिकल सहायताको खाँचो छ ।

‘कतिपयको शरीरमा बमको छर्राले सेप्सिस भएको छ’ युद्ध सुरु हुनासाथ सहर छोडेर भागेकी शिक्षिक अनास्तासिया पोनोमरेभाले बताइन् ।उनी मरिउपोलमा फसेका आफ्ना साथीहरुसँग सम्पर्कमा छन् । उनका साथीहरु अन्य परिवारसँगै अधिकांश दिन बेसमेन्टमा बिताउँछन् । समय समयमा तिनीहरु घामका लागि माथिल्लो तलामा जान्छन् । तर बाहिर निस्किन कठिन छ ।

सहरको पश्चिमी भागमा रहेको अस्पतालमा रुसी सेनाले बन्धकजस्तै बनाएको बताउँछन् । अस्पतालकाे सबै उपकरणहरू रूसले नष्ट गराएपछि स्वास्थ्यकर्मीहरूले बेसमेन्टमै बसेर उपचार गरिरहेकाे क्षेत्रीय गर्भनर पाब्लाे किरिलेन्काेले बताए । युद्ध सुरु हुनुभन्दा पूर्व त्यस सहरमा ४ लाख मानिस बस्थे ।

रूसकाे हमलाबाट अहिलेसम्म सहरका २ हजार मानिस मारिएकाे सिटी काउन्सिलले जनाएकाे छ ।

किएभमा पत्रकार र फोटोपत्रकारको मृत्यु
युक्रेनको राजधानी किएभको बाहिरी भागमा फक्स न्युजका लागि काम गर्ने क्यामेराम्यान र एक पत्रकारको गाडीमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको अमेरिकी नेटवर्कका कर्मचारीहरुले बताएका छन् ।

फक्स न्युजका प्रमुख कार्यकारी सुजेन स्कटका अनुसार ५५ वर्षका पियरे जक्राजेवस्की र २४ वर्षका ओलेक्जेन्ड्रा कुभ्सिनोभा रहेका छन् ।उनीहरुकै सहकर्मी बेन्जामिन हल पनि घाइते भएका छन् । आइतबार अमेरिकी पत्रकार ब्रेन्ट रेनाउड मारिएपछि यो घटना भएको हो ।

अन्तरिक्ष यात्रीलाई पृथ्वीमा आउन दिने
अमेरिकी अन्तरिक्ष यात्री मार्क भान्दे हेइ ३५५ दिनदेखि अन्तरिक्षमा छन् । युद्धका कारण उनी पृथ्वीमा फर्कन नसक्ने भनिएको वेला उनी सुरक्षित फर्किन सक्ने बताइएको छ । अमेरिका र रुसका दुई अन्तरिक्ष यात्रीले कजाकस्तानमा अवतरण गर्नेछन् । रुसी सहकर्मीसँग कुरा गरेर उनीहरुलाई सुरक्षित घर फिर्ता गर्न लागिएको नासाका आएएसएस कार्यक्रम म्यानेजर जोयल मोन्तलबानोले बताएका छन् ।

अन्तरिक्ष यात्रीलाई पृथ्वीमा आउन दिने
अमेरिकी अन्तरिक्ष यात्री मार्क भान्दे हेइ ३५५ दिनदेखि अन्तरिक्षमा छन् । युद्धका कारण उनी पृथ्वीमा फर्कन नसक्ने भनिएको वेला उनी सुरक्षित फर्किन सक्ने बताइएको छ । अमेरिका र रुसका दुई अन्तरिक्ष यात्रीले कजाकस्तानमा अवतरण गर्नेछन् । रुसी सहकमीृसँग कुरा गरेर उनीहरुलाई सुरक्षित घर फिर्ता गर्न लागिएको नासाका आएएसएस कार्यक्रम म्यानेजर जोयल मोन्तलबानोले बताएका छन् ।

युद्धविरोधी पत्रकारलाई जरिवाना
टेलिभिजनमार्फत युक्रेनमा भएको आक्रमणको विरोध गरेका रुसी पत्रकारलाई २१४ युरो डलर जरिवाना तोकिएको छ । मेरिना सरकारी च्यानलकी सम्पादक मेरिना ओभ्स्यान्निकोभालाई टेलिभिजनमा ‘नो वार’ को संकेत प्रयोग गरेको भन्दै सोमबार पक्राउ गरिएको थियो । मंगलबार उनी अदालतको सुनुवाईमा उपस्थित भएकी थिइन् ।

बिबिसी डटकमबाट